Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सरकारले संविधान पढोस्, स्टन्ट नगरोस् : सांसद दुलाल


221
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्शनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण समेत गराए ।

उनले सरकारलाई संविधान पढ्न समेत सुझाए । उनले संविधानले समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान जानुपर्ने बताए । ‘युवाहरुले यो व्यवस्थाका विरुद्ध संघर्ष गरेका थिएनन्, हाम्रो अवस्थाका विरुद्ध संघर्ष गरेका थिए । यसमा मौलाउँदै गरेको विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा संघर्ष गरेका थिए ।

नवयुवाहरुले आम नागरिकको भावनाको समेत प्रतिनिधित्व गर्ने गरेर विद्रोह गरेका थिए । त्यसकारण म सम्मानित सदनमा सभामुखमार्फत के भन्न चाहान्छु भने सरकारले यो संविधान पढोस् । समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् ।

सरकार एक्शनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस् । यदि त्यसो गर्‍यौं भने फेरि हामीले नवयुवाहरुको भावनालाई सम्बोधन गर्न सक्दैनौँ’ उनले भने ।

सरकारले विगतमाजस्तै स्टन्ट गर्दै गए जेनजी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने उनको भनाइ छ ।