काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साेमबार पञ्जाब किंग्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे छ।
भारतकाे गुवाहाटीमा साेमबार राति पौने ८ बजेदेखि पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । लिगमा लगातार दुई खेल जितेको पञ्जाब साेमबारको खेल जित्दै तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता लगातार दुई खेलमा पराजित भएकाे कोलकता भने साेमबार पहिलो जितको खोजीमा रहेकाे हाे ।
साथै आईपीएल क्रिकेटमा आइतबार राति भएकाे खेलमा रोयल च्यालेर्न्ज्स बैंगलाेर र लखनउ सुपर जायन्ट्स विजयी भएका छन् । बैंगलाेरमा भएको खेलमा घरेलु टोलीले चेन्नाई सुपर किंग्सलाई ४३ रनले पराजित गर्दा हैदरावादमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेकाे थियाे ।








प्रतिक्रिया दिनुहोस्