Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्याे


858
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

गत शुक्रबार र आइतबार स्थिर रहेको सुनको मूल्य साेमबार भने प्रतितोला दुई हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार प्रतितोला ४ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी साेमबार तोलामा ४ हजार ७ सय ८० रूपैयाँमा काराेबार भइरहेको छ। साेही मूल्य आइतबारको तुलनामा प्रतितोला ५० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस ४ हजार ६ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।