Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


वित्तीय प्रणालीमा रकम थुप्रिएको थुप्रियै


0
Shares

काठमाडौं ।
वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको थुप्रियै छ ।

राष्ट्र बैंकले पुनः ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि निक्षेप संकलन गर्न बोलकबोल गरेको हो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

शुक्रबार बोलकबोल भएको निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २७ गते हुने जनाइएको छ ।