Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


पदबहाली गर्दै सभामुख अर्यालले भने– संसदमा तटस्थ र निष्पक्ष भुमिका निर्वाह गर्छु


156
Shares

काठमाडाैं ।
प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन् ।

आइतवार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि आइतवार दिउँसो नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

पदभार ग्रहण गर्दै उनले तटस्थ र निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संसद मुख्यतः प्रतिपक्षीकै हुने भएकोले सत्तापक्ष र प्रतिपक्षलाई समान व्यवार गर्नुपर्ने बताउनु भयो । उहाँले संसद कानून बनाउने थलो भएको भन्दै आफू मुलुक र जनताका आवश्यकताअनुसार कानून निर्माणमा अग्रसर हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सभामुखको भुमिका तटस्थ र निष्पक्ष हुनुपर्ने कुरा मैले बुझेको छु । त्यसैअनुसार काम गर्नेछु । यसपटकको सबैभन्दा बलियो प्रतिपक्ष जनता हुनुहुन्छ । विगत र भविष्यमा हुने निर्वाचनभन्दा हालै सम्पन्न निर्वाचन फरक हो । जनताको म्याण्डेटकाने उपज हो यो संसद । त्यसकारण सभामुखको हैसियतमा बस्दै गर्दा मलाई राम्रोसँग थाहा छ यो पटकको बलिया प्रतिपक्षी जनता नै हुन् । प्रतिपक्षमा एक जना मात्रै किन नहोस् त्यो प्रतिपक्ष नै हो । त्यो नै शक्तिशाली हुन्छ । अर्को कुरा सदन भनेको प्रतिपक्षकै हुन्छ ।’

उहाँले कानूनी संरचना निर्माण र त्यसको कार्यान्वयनको लागि समेत आफू प्रतिवद्ध भएको उहाँको भनाइ छ ।