Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


इरानमा हराइरहेका अमेरिकी वायुसेनाको सफल उद्धार : ट्रम्प


650
Shares

काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा हराइरहेका अमेरिकी वायुसेनाका एक अधिकृतको सफल उद्धार गरिएको घोषणा गर्नुभएको छ ।

गत शुक्रबार इरानले खसालेको एफ १५ लडाकु विमानका पाइलटलाई इरानको पहाडी क्षेत्रबाट घाइते अवस्थामा उद्धार गरी उनलाई कुवेत पु¥याइएको ट्रम्पले घोषणा गर्नुभयो । चोटपटक लागेको अवस्थामा उनी छिट्टै निको हुने दाबी पनि उहाँले गर्नुभएको छ । उक्त लडाकु विमान खसाल्दा दुबै जना सैनिक पारासुटबाट हाम्फालेका थिए ।

जसमध्ये एक जनालाई तत्कालै अमेरिकी सेनाले उद्धार गरेको थियो भने एक जना शुक्रवारदेखि हराइरहेका थिए । वेपत्ता भएका ती सैनिकको खोजीका लागि अमेरिकी सेनाले इरानभित्रै विशेष अभियान चलाएको थियो । कर्णेल तहका ती अधिकृतको खोजी र उद्धारमा सहभागी सवै सैनिक सकुशल इरानबाट बाहिर पुगिसकेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

इरानले भने ती सैनिकलाई जिवितै समातेर बुझाउनेलाई करोड डलर इनाम दिने घोषणा गरेको थियो । अमेरिकी सैनिक ल्याण्ड गरेको क्षेत्रमा इरानी सत्ता विरोधी जनमत ब्यापक रहेकाले उनी त्यहाँ लुक्न सफल भएको बताइएको छ ।

उनीसंग रहेको विशेष सञ्चार संयन्त्रबाट सम्पर्क भएपछि उद्धार संभव भएको र त्यस क्रममा उनी नजिक पुगेको इरानी सैनिक समूहमाथि बमवर्षा गरिएको बताइएको छ । दर्जनौं लडाकु विमान, हेलिकप्टर र गुप्तचर संयन्त्रण प्रयोग गरिएको थियो ।