Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु ,१२ जना घाइते


130
Shares

काठमाडाैं । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

घटनामा १२ जना घाइते भएका हुन् । सदरमुकाम बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको गाडी मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा दुर्घटनामा परेको थियाे । गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको लमजुङ प्रहरीले जनाएको छ । दुर्घटनामा परेका १४ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो ।

जमध्ये २ जनाको मृत्यु भएको हो । बाँकी १२ जना घाइतेहरूको हाल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएकाे हाे। घटनाकाे बारेमा थप विवरण आउन बाँकी रहेकाे छ ।