काठमाडाैं । पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा करिब ५ सय वटा विद्युतीय गाडी भित्रिएका छन् ।
वीरगन्ज भन्सार कार्यालयले एक अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्य पर्ने ४ सय ९७ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको जनाएकाे हाे । विद्युतीय गाडीको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको ७ महिनामा ४३ करोड एक लाख मूल्य पर्ने १ सय ६५ वटा विद्युतीय गाडी आयात भएका थिए । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत वर्षको ७ महिनाको तुलनामा यो आर्थिक वर्षमा विद्युतीय गाडीको आयात निक्कै बढेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोड मूल्य बराबरका गाडी तथा गाडीका पार्टपुर्जा भित्रिएका कार्यालयले जनाएको छ । जबकी गएको वर्ष ७ महिनामा १७ अर्ब १५ करोड रुपैयाँ मूल्य बराबरको गाडी र पार्टपुर्जा आयात भएको थियो ।








प्रतिक्रिया दिनुहोस्