Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सरकार विगतमा गल्ती गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना


221
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताउनुभएको छ ।

सिंहदरबारमा शुक्रबार आयोजित रेडियो नेपालको ७६ औं वार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै उहाँले बताउनुभएकाे हाे । विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरुलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको दावी छ। मुलुकको राजनीतिक अब सङलिएको दाबी गर्दै निश्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्री तिमिल्सिनाले सरकार कामैकामको चापमा रहेको पनि स्पष्ट पार्नुभएकाे छ।

मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले मुलुकमा ठूलो आशाको सञ्चार हुनेगरी काम गर्न जरुरी रहेको पनि बताउनुभयो ।