Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


नेपाल प्रहरीको प्राविधिकतर्फका विभिन्न पदमा ४ सय बढी संख्यामा भर्ना खुल्यो


988
Shares

काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४ सय भन्दा बढी संख्यामा भर्ना खोलेको छ ।

जसमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा भर्ना खुलेको हो । इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलेको छ ।

त्यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए लगायतका पदमा भर्ना खुलेको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रहरी जवानमा २ सय ८० जनाका लागि र अन्य पदहरूमा १ सय २९ जनाका लागि भर्ना खुलेको छ । दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि यहि चैत २५ गतेदेखि आगामी वैशाख २४ गतेसम्म तोकिएको हो ।

प्राविधिक प्रहरी जवान पदको हकमा भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म म्याद तोकिएको जारी सूचनामा उल्लेख गरिएको छ ।