Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


देशका ३ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपात हुँदै


2.4k
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, शुक्रबार दिउँसो भने सबै प्रदेशको हिमाली भू-भाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र बाँकी हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। सबै प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो।

त्यस्तै, शुक्रबार राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको छ।

सबै प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो।