Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एमालेकाे संसदीय दलको बैठक आज बस्दै

बैठकमा प्रतिनिधिसभामा दलको नेता चयन र संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गरिंने

585
Shares

काठमाडौं । नेकपा एमालेकाे संसदीय दलको बैठक बुधबार बस्ने भएकाे छ ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिनुभएकाे हाे । बैठकमा प्रतिनिधिसभामा दलको नेता चयन र संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने समेत उहाँले बताउनुभएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा संसदका दुवै सदनको बैठक बिहीबारदेखि शुरु हुने भएकाे छ। प्रतिनिधिसभामा एमाले तेस्रो दलको रुपमा रहेको छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले २५ सिट जितेको हाे।