Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


बीपी राजमार्गको काभ्रे सडक खण्डमा सवारी आवागमन बन्द


975
Shares

काठमाडाैं । बीपी राजमार्गस्थित काभ्रेपलान्चोक सडक खण्डमा सवारी आवागमन बन्द भएको छ ।

निरन्तर बर्षा भइरहेका कारण रोशी खोलामा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका सवारी साधन सन्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी रविन विस्टले जानकारी दिनुभयो ।

सडकको अवस्था बारे जानकारी लिनको लागि १०० र १०३ मा सम्पर्क गर्न भनिएको छ ।