Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


निर्वाचन समीक्षा गर्न कांग्रेसद्वारा देशभर प्रतिनिधि खटाइँदै


247
Shares

काठमाडाैं ।काठमाडौँमा नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा आगामी कार्यदिशा तय गर्न देशभर प्रतिनिधि खटाउने निर्णय गरेको छ।

महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्।

सातै प्रदेशका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गर्दै निर्वाचन परिणाम, अनुभव र पार्टीको भावी रणनीतिबारे समीक्षा गरिनेछ। साथै, प्रत्येक क्षेत्रमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा स्थलगत अध्ययनसमेत गरिने जनाइएको छ।

कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता–कार्यकर्तासहित उम्मेदवारहरूको सहभागिता रहनेछ। कांग्रेसले यस पहलमार्फत पार्टी सुदृढीकरण, सङ्गठन विस्तार र आगामी रणनीति तय गर्ने लक्ष्य लिएको जनाएको छ।