Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


‘हामीहरुकै त्याग र बलिदानले महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भयाे’


195
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुको त्याग र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याएपनि आफूहरुको मुद्दाले जितेको बताउनुभएको हो ।

जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उहाँको दाबी छ ।

उहाँले बालेन्द्र साह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने समेत बताउनु भयो । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्रीहरुमध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन पार्टीले धेरै सिट वा थोरै सिट ल्याएपनि हामीलाई आन्दोलनको एउटा प्रमुख नेताको हैसियतले हिजो जनयुद्धको, जलआन्दोलनको, शान्ती सम्झौताको, संविधान सभाको, गणतन्त्र निर्माणको अनि देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको अधिकार र पहिचान स्थापित गर्ने दृष्टिकोणले मैले सोच्दा जो आएपनि जताबाट महिलाहरु निर्वाचित भएपनि मलाई गर्व लाग्छ हाम्रै बलिदान, त्याग र तपस्याको कारणले सम्भव भयो । त्यसकारण यसको रक्षा र परिमार्जन गर्नको निम्ति अहिले विषेश स्थिति पनि बन्यो । पूर्वप्रधानमन्त्रीहरुमध्ये म मात्रै अहिले वैधानिक रुपले प्रतिनिधि सभामा उपस्थित छु । यो आफैंमा एउटा चुनौती पनि हो अवसर पनि हो भन्ने मलाई लागेको छ । सरकारले राम्रो गरोस् । धेरै सिट ल्याएका छन् उनीहरुले राम्रो गरुन् । हाम्रो शुभकामना छ । जहाँ राम्रो हुन्छ त्यहाँ हामे सहयोग रहन्छ । कमि देखेपछि हाम्रो आलोचना हुन्छ । हामी रचनात्मक र सिर्जनात्मक ढंगले अगाडि बढ्न चाहन्छौँ ।’ उहाँले मुलुकमा सुशासन र व्यवस्थाको रक्षाको लागि संसदमा रचनात्मक भुमिका खेल्ने समेत बताउनु भयो ।