काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा माईतीघर–बबरमहल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ ।

लाठीचार्जका क्रममा एमालेका नेता, कार्यकर्ताहरु घाइते भएका छन् । शनिवार बिहान गुण्डुस्थित निवासबाट सूर्योदय हुनुपूर्व नै प्रहरीले घेरा हालेर अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन दबाएको आरोपमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । एमालेले अध्यक्ष ओली र नेता लेखकको पक्राउलाई ‘अवैध र राजनीतिक प्रतिशोध’ भन्दै तत्काल रिहाइको माग गर्दै देशभर प्रदर्शन गरिरहेको छ ।












तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल








प्रतिक्रिया दिनुहोस्