Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पूर्वप्रधानमन्त्री ओलीकाे रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश


1.7k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश भएको छ ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ध्यक्ष ओ‌लीको हकमा पत्नी राधिका शाक्यले आइतबार बन्दी प्रत्यक्षीकरण निवेदन पेश गर्नुभएकाे हाे । सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बन्दीप्रत्यक्षीकरण निवेदन पेश भए पनि अध्ययनको क्रममा रहेको बताउनुभएकाे छ। यदि आइतबार निवेदन दर्ता भयो भने साेमबार सुनुवाइ हुने उहाँले बताउनुभयाे ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले चैत १४ गते शनिबार पक्राउ गरेकाे थियाे।