काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
नेकपाले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिनुभएकाे हाे । बैठकले दलको नेता पनि चयन गर्न सक्ने उहाँले जानकारी दिनुभएकाे छ।
पार्टीका संयाेजक पुष्पकमल दाहाल नै दलको नेता हुनेमा कुनै दुबिधा नभएकाे उहाँकाे भनाइ थियाे । गत फागुन २१ गते सम्पन्न भएकाे निर्वाचनमा नेकपाले प्रत्यक्ष ८ र समानुपातिक ७ गते १७ सिट जितेको थियो ।








प्रतिक्रिया दिनुहोस्