काठमाडाैं । शनिबारदेखि शुरु भएको १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता रोयल च्यालेन्जर्स बैंलाेर (आरसीबी)ले विजयी शुरुवात गरेको छ ।
घरेलु मैदान चेन्नास्वामी स्टेडियममा शनिबार भएकाे उद्घाटन खेलमा आरसीबीले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेकाे हाे । हैदरावादले दिएको २ सय १ रनको लक्ष्य आरसीबीले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटाएकाे थियाे ।
आरसीबीका लागि विराट कोहलीले ६९ रन बनाए भने देवदत्त पडिक्कलले ६१ रन जोडेका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय १ रन बनाएको हाे । हैदरावादका कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन जोडेका हुन्। आरसीबीका ज्याकब डफी र रोमारियो शेफर्डले समान ३ विकेट लिएका थिए ।
आईपीएल क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। साेही खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार आइतबार राति पौने ८ बजेदेखि शुरु हुने भएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्