Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


केपी ओलीकाे पक्राउ पुर्जी गैरकानुनी छ : विष्णु रिमाल


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले पक्राउ पुर्जी गैरकानुनी रहेको दाबी गर्दै ओलीको गिरफ्तारी निन्दनीय रहेको र राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद हुने बताएका छन् । रिमालका अनुसार कार्की आयोगको प्रतिवेदन आधार बनाउँदा तत्काल पक्राउ आवश्यक थिएन र प्रक्रिया पनि पूरा नभएको थियो ।