Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


चावहिलमा ओली पक्राउविरुद्ध एमाले कार्यकर्ताहरुको सडक प्रदर्शन


4.4k
Shares

काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंको चावहिल क्षेत्रमा सडक प्रदर्शन सुरु गरेका छन् ।

सडकमा उत्रिएका कार्यकर्ताहरूले ‘प्रतिशोधपूर्ण राजनीति बन्द गर’ भन्दै चर्को नाराबाजी गरिरहेका छन् । पार्टीको सचिवालय बैठक भने ललितपुरको च्यासलस्थित सचिवालयमा जारी रहेको छ ।