काठमाडाैं । गत भदौ २३ र २४ गतेको जेनजी विद्राेहपछि विकसित राजनीति परिस्थितिले शुक्रबार नयाँ सरकार गठनसँगै अन्तिम रुप पाएको छ ।
निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई करिब दुई तिहाईको मत दिएपछि बालन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएको हो । निर्वाचन अघिसम्म विभिन्न पेशामा आवद्ध भएका व्यक्तिहरुलाई समेटेर गठन भएको सरकारका लागि आगामी यात्रा कम चुनौतिपूर्ण भने छैन ।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाहले वटुक र वौद्ध भिक्षुको मन्त्र वाचन गरेपछि शपथ लिनुभएकाे छ। जुन यस अघि कहिल्यै गर्ने गरिएको थिएन । पुराना राजनीतिक दलका नेताहरु समेत पुगेको शपथ ग्रहणमा शाह भने उही पुरानै शैलीको कालो दौरा सुरुवाल र कोट र कालै चस्मा लगाएर गएका पुग्नुभएकाे थियाे । वौद्ध भिक्षु र वटुकहरुको वाचन तथा शंखनाथ सकिंदा शुक्रबार मध्याह्न १२ :३४ नभएकाले शपथ केही समय रोकिएको थियो । उहाँले ठिक १२ : ३४ मै उनले राष्ट्रपतिबाट सपथ ग्रहण गर्नुभएकाे हाे ।
शाह प्रधानमन्त्री बन्ने एकिन भए पनि बिहीबार रातिसम्म मन्त्रीहरुको नाम टुंगो लागेको थिएन । शुक्रबार एक साथ १५ जनालाई सपथ गराएर रास्वपाले भन्दै आएको संख्याको मन्त्रिपरिषद तयार भएको हो । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर मुलुकको आथिर्क क्षेत्रको जानकारी लिइसकेका अर्थशास्त्री स्वर्णिम वाग्लेले दोस्रो पटक सांसद हुँदा अर्थ मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाउन भएको छ । जसका अगाडि खाडी मुलुकमा देखिएको आर्थिक समस्याको समाधान गर्न सक्ने बजेट ल्याउनु पर्ने र आर्थिक सुशासन कायम गराउनु पर्ने चुनौती छ । धेरैले सोचे भन्दा फरक तरिकाले सुदन गुरुङ मुलुकको आन्तरिक सुरक्षाको नेतृत्व गर्नुपर्ने गृह मन्त्रालयको जिम्मेवारीमा पुग्नुभएकाे छ।
जेनजी आन्दोलनमा हामि नेपाल नामकको संस्थामा आवद्ध रहेर पानी वितरण गर्न पुगेका सुदनले आगोले ध्वस्त भएको प्रहरीको संरचना मात्रै होइन मनोवल कसरी बढाउन सक्नुहुन्छ ? जिल्ला प्रशासन, सीमा सुरक्षा , आन्तरिक सुरक्षा विथोल्न सक्ने अराजक गतिविधि तथा मुलुकको आन्तरिक सुरक्षा र गोपनीयता कायम गराउन कसरी काम गर्छन भन्ने चुनौती छ । यस अघि छोटो समय शिक्षा मन्त्री हुने अवसर पाएका शिशिर खनालले बालेन सरकारमा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकाे छ। भारत र चीन जस्ता दुइ शक्तिशाली छिमेकीसंगै अन्य शक्ति र मित्र राष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध मात्रै होइन राष्ट्रहित अनुकुल काम गर्नु पर्ने अहिलेको सरकार लागि सबै भन्दा चुनौतीपूर्ण मानिएको छ ।
इन्जिनियर पृष्ठभूमिका सुनिल लम्सालले देशकै विकास निर्माणको सबै भन्दा महत्वपूर्ण जिम्मेवारीमा रहेको भौतिक पूर्वाधार र सहकारी विकास मन्त्रालयको जिम्मेवारी लिनुभएकाे छ। ठेक्का लागेर पनि समयमा नबनेका संरचनाहरु समयमा पुरा गर्नु पर्ने छ भने, वर्षैंसम्म दिन सकेको सवारी चालक अनुमपतिपत्र सहज प्राप्त गर्न सक्ने वातावरण कहिले बन्छ ? नागरिकले प्रतिक्षा गरिरहेका छन । यस अघि युवा तथा खेलकुद मन्त्रीको अनुभव लिइसकेका विराजभक्त श्रेष्ठले यस पटक उर्जा मन्त्रालय सम्हाल्नुभएकाे छ । विश्वभरी नै उर्जा संकट आउन सक्ने जोखिम बढीरहेकै बेला मन्त्री श्रेष्ठले विद्युतिय क्षमता बढाउने र त्यसको प्रयोगका लागि कसरी रणनीति बनाएर कार्यान्वयन गर्छन, हेर्नु पर्ने छ ।
जेनजी आन्दोलनपछि सुस्ताएको पर्यटन क्षेत्र र होटल व्यवसायिको मनोबल बढाउने जिम्मेवारी गणेश पौडेलको जिम्मेवारी छ । अहिलेको सरकारसँग अपेक्षा गरिएको शिक्षा क्षेत्रको सुधारका लागि बालेनको समूहमा रहेर काम गरिसकेका सुस्मित पोखरेलको कामबाट नतिजा आउनुपर्नेछ । नागरिक जीवनसंग जोडिएको सहज र सहुलियत स्वास्थ्य उपचारका लागि स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने आमूल परिर्वतनको शुरुवात नर्स निशा मेहेताको जिम्मेवारीमा छ ।
विक्रम तिमल्सिनाले सरकारको प्रवक्ता र समग्र दूरसंरचार क्षेत्रमा काम गर्ने गरी संचर मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ भने पत्रकारिता पृष्ठभुमिबाट आएकी प्रतिभा रावलले संसद र सरकारको पहिलो यात्रामा निजामति कर्मचारीहरुको परिचालन गर्ने सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे हाे । सोविता गौतिमले कानून मन्त्रालयमा बसेर संसदमा रोकिएका कानून संसदमा लैजाने काम गर्नुपर्ने छ ।
गीता चौधरीले कृषकहरुका लागि कसरी काम गर्नुहुन्छ भन्ने छ । दिपक साहले मुलुकको अर्को जटिल क्षेत्र नेपाली श्रमिकको हितका लागि काम गर्न सक्नु पर्ने छ । वादी समुदायबाट पहिलो पटक मन्त्री बन्ने सौभाग्य पाएकी सिता वादी महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे हाे । जसरी प्रधानमन्त्री शाहको मन्त्रिपरिषद छरितो र समावेशी बनेको छ । त्यसैगरी बालेन सरकारलाई डेलिभरी दिनुपर्ने दबाब पनि उत्तिकै रहेकाे छ ।
भिडियाे रिपाेर्ट:








प्रतिक्रिया दिनुहोस्