काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिनुभएकाे छ।
सामन्यतया सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालाई प्रवक्ता बनाइएन ।
सस्मित काठमाडौं -५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै निर्वाचित हुनुभएकाे थियाे ।








प्रतिक्रिया दिनुहोस्