Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण


299
Shares

काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गर्नुभएको छ ।

पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा शुक्रबार पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विदेश विभाग प्रमुख समेत रहनुभएका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हाल्नुभएको छ । ४७ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएको हाे।

साथै वज्रपोर्ट विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्रमा समेत स्नातक गर्नुभएको छ ।