Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष


364
Shares

काठमाडाैं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतिकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्नुभएकाे हाे । उहाँले यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयाे । मन्त्री पोखरेलले खेलकुद निकायहरूमा राजनीति गर्ने मान्छे नभई खेल क्षेत्रकै विज्ञ र अनुभवी व्यक्तिहरू पुग्नुपर्नेमा जोड दिनुभएकाे छ। उहाँले राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर अगाडि बढ्ने योजना रहेको पनि बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मुख्य जड पनि राजनीतीकरण नै रहेको उहाँको ठम्याइ छ । खेल क्षेत्रको विकासका लागि राजनीतीकरण रोक्नु नै आफ्नो कार्यकालको महत्वपूर्ण योजना रहेको उहाँले बताउनुभयो ।