Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ (तस्बिरसहित)


481
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण लिनुभएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराउनुभएकाे हाे ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबारै प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियाे । साेही शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता शाहले वैदिक विधि अनुसार शपथ लिनुभएको हो । साेही अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसैको जगमा फागुन २१ मा भएको निर्वाचनबाट करिब दुई तिहाई सिट जितेको रास्वपाले एकल बहुमतको सरकार बनाउन लागेको छ । त्यस्तै, शाहले शुक्रबार दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुहुने भएकाे स्राेतले जनाएकाे हाे ।