Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


देशैभरी ७ हजार बढी विपदका घटना घटे, ४७९ जनाको निधन, १८ सय घाइते


104
Shares

काठमाडौं । गत वैशाख १ गतेदेखि हालसम्म देशैभरी ७ हजार २ सय ३१ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदका कारण १३ हजार ९८ परिवार प्रभावित भएकाे जनाएकाे हाे । साेही अवधिमा ४ सय ७९ जनाको निधन र १८ सय जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारी अनुसार यस अवधिमा तीन हजार ४ सय ८० वटा आगलागीका घटना भएका छन् । त्यस्तै, बाढीका ३ सय २१, पहिरोका ६ सय ४, भारी वर्षा ४ सय ४२, चट्याङ ४ सय ६ र सर्पदशका ६ सय घटना भएका हुन् ।

त्यस्तै, वन डढेलो २ सय ७९, हुरीबतासका ४ सय ५१, जनावर आक्रमणका ५ सय ४, लेक लागेका १ सय २३ र हिउँपहिरोका पाँच वटा घटना भएका प्राधिकरणले जनाएको छ । त्यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई–दुई घटना हुँदा असिनासहित हुरी र शीतलहरका एक–एक घटना घटेका हुन् । त्यसैगरी, यहि चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपदका घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएकाे छ ।

प्राधिकरणले एकै दिन ९ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपदमा परी १० जना घाइते भएकाे जनाएकाे हाे।