काठमाडाैं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल भईरहेका छन् ।
बिहीबार बिहान साढे ९ बजेदेखि शुरु भएकाे खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गरिरहेकाे हाे । बागमती प्रदेशले नेपाल पुलिस क्लबसँग सामना गरिरहेकाे छ। यसअघि खेलेको एक खेलमा आर्मीले जित निकाल्दा गण्डकीले पराजय भोगेको थियो । उता दुई/दुई खेल खेलेका पुलिस र बागमतीले एकमा हार र एकमा जित निकालेका छन् । यसपटक पीएम कप मधेश र बागमती प्रदेशमा भइरहेको छ ।
मधेशको जनकपुर र वीरगञ्ज एवं बागमतीको काठमाडौंमा खेल भइरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएकाे हाे।








प्रतिक्रिया दिनुहोस्