Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पोखरा विमानस्थल निर्माणमा अनियमितता : २१ जनासहित २ कम्पनीविरुद्ध मुद्दा दायर


1.3k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार सम्वद्ध स्रोतका अनुसार तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

निर्माण प्रक्रियामा नियमविपरीत काम भएकाले लागत वृद्धि गराइएको तथा आर्थिक पारदर्शितामा प्रश्न उठेको आरोप लगाइएको छ।

मुद्दामा संलग्न उनीहरुमाथि सार्वजनिक सम्पत्तिको दुरुपयोग, अनियमित निर्णय र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको अभियोग लगाइएको छ। यससँगै सम्बन्धित दुई कम्पनीलाई पनि निर्माण प्रक्रियामा अनियमितता गरेको आरोपमा प्रतिवादी बनाइएको छ। अख्तियारले ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ ।