Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एकजना घाइते


13
Shares

काठमाडाैं । रामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा खतिवडाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन्। घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडी र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।