Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै


2.5k
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

बुधबार दुई हजार दुई सय रूपैयाँले घटेकाे सुन बिहीबार प्रतितोला पाँच हजार चार सय रूपैयाँले घटेकाे हाे। यो दुई दिनमा सुनको मूल्य तोलामा सात हजार ६ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा काराेबार भइरहेको हाे। बुधबार सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएकाे थियाे । तर बिहीबार चाँदी बिहीबार प्रतितोला पाँच हजार १० कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय ४० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार आठ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।