Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश पठायाे (विज्ञप्तिसहित)


260
Shares

काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको छ ।

विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो ।राजदूतावासले बिहीकार एक विज्ञप्ति जारी गर्दै उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानूनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु भएकाे जनाएकाे छ। दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुलाई उद्दार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको छ । उनीहरु बिहीबार त्रिभुवन अन्तर्राषट्रिय विमानस्थल काठमाडाैमा अवतरण गर्ने भएका छन् ।

अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको हाे । दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायतका मुलुकहरूमा नजान सचेत गराएको छ ।