Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइजकाे संकटामाथि शानदार जित


117
Shares

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबलाई ५–२ गोल अले पराजित गरेको छ ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ११ खेलमा आठौं जित सहित चर्च ब्वाईज शीर्ष स्थानका मछिन्द्र एफसी र एपीएफ एफसीसँग अंक बराबरीमा पुगेको छ । चर्च ब्वाइजका लागि सुमित श्रेष्ठले दुई गोल गर्दा रोहन कार्की र मिलन राईले एक–एक गोल गरेका थिए ।

संकटा क्लबका विवेक राई र रिचर्ड ओनयमाले एक–एक गोल फर्काएका हुन् । मिलन राईले ६०औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ३–० बनाएका थिए । त्यसैगरी, अर्को खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।