काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
बिहीबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । कोशी प्रदेशको पहाडी भू-भाग र मधेशमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, बिहीबार दिउँसो भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी- हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,कोशी र बागमती प्रदेशको पहाडी -हिमाली भू-भाग लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन-चट्याङ्गर-असिनासहित मध्यम वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, बिहीबार राति भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी तराई भू-भागमा आंशिक बादल रहने भएकाे हाे। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग-असिनासहित मध्यम वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्