Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


आर्थिक नीतिबारे के भने रविले ?


0
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै सबैलाई आश्वस्त पार्ने कोशिस गर्नुभएको छ ।

पार्टीका नवनिर्वाचित सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममलाई सम्बोधन गर्दै उहाँले देशभित्रका निजी क्षेत्र, गैरआवासीय नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभयो ।

आर्थिक समृद्धिलाई पार्टीले प्रमुख एजेण्डा बनाएको भन्दै उहाँले निजी क्षेत्रलाई कत्ति पनि विचलित नहुन आग्रह गर्नुभयो । देश निर्माणको महान अभियानमा विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप आवश्यक रहेको भन्दै उहाँले डायस्पोरालाई पनि नेपालमै आएर काम गर्न अपिल गर्नुभयो ।

यसैगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै लामिछानेले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य रहने वाचा गर्नुभयो ।