Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


उदयपुरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


481
Shares

खेमराज दाहाल, उदयपुर । उदयपुरमा एकै दिन सवारी दुर्घटनामा परि दुईजनाको मुत्यु भएको छ । उदयपुरमा दुई फरक-फरक स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

उदयपुरगढी गाउँपालिका-६ कटारी चोक स्थित गाईघाटबाट कटारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ८६०० नं. को मोटरसाईकललाई कटारीबाट गाईघाट तर्फ आउँदै गरेको बा ४ ख १४०९ नं. को टिपरले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएका जिल्ला खोटाङ बराहपोखरी गाउँपालिका-५  बस्ने अन्दाजी ३० का वर्षका भुपाल राईलाई जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा मृत्यु भएको हो ।

बेलका न.पा.-४ हरीपुर शिसवारी स्थित भित्रि सडक खण्डमा जहडाबाट हरिपुर तर्फ जाँदै गरेको को १ ख ३५१६ नं को बेलका बोर्डिङ स्कुलको बसबाट सोही बोर्डिङमा अध्ययनरत विद्यार्थी बस्ने अन्दाजी बर्ष ९ का सफल बस्नेत गुडिरहेको स्कुल बसबाट अचानक खसि घटनास्थलमै मृत्यु भएको हो ।