काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् ।
१२ औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधवाको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा। हेमराज शर्माले जानकारी दिनुभएको हो । अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
उहाँले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँकाअनुसार संघका पदाधिकारी तथा सदस्यहरूबाट न्युनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने बताउनु भयो । उहाँले हाल संघमा करिव एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
उहाँले भन्नुभयो, ‘मध्यपूर्वमा जाने गैरआवासीयन नेपाली नागरिको लागि हामीले एक करोड रुपैयाँको कोष स्थापना गरेका छौँ । र आज नै फण्ड रिलिज पनि गरेका छौँ । संघको कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यबाट कम्तिमा पनि एक करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ । अहिले युद्धका कारणले मध्यपूर्वमा रहेका नेपालीलाई कसरी सहयोग गर्ने भनेर हामीले एउटा टास्क फोर्स बनाएका छौँ ।
त्यसले हामीलाई योजना दिइसकेपछि आवश्यकताअनुसार कोषको रकम प्रयोग गर्ने भन्ने निर्णय गरेका छौँ । अहिले संघमा एक लाख ३० हजार सदस्य हुनुहुन्छ । प्रत्येक मेम्बरबाट एक डलर कोषमा जम्मा गर्ने र यो कार्यकालभरी यस कोषलाई ६ करोडको बनाउने निर्णय पनि भयो ।
अर्को, हामी सबै पदाधिकारीले हस्ताक्षरपत्रमा पनि हस्ताक्षर ग¥यौं । एनआरएनको पदाधिकारीले संघमा आवद्ध रहुञ्ञेल कुनैपन राजनीतिक दल वा दलको भ्रातृ संघठनको पदाधिकारी बन्न नपाइने र सामाजिक सञ्जालमार्फत कुनैपनि राजनीतिक दललाई गाली गलौज, व्यक्तिगत चरित्र हत्या गर्ने कार्य नगर्ने भनेर प्रपिवद्धता पत्रमा साइन गरेका छौँ ।
अहिले राजनीतिक दलमा आवद्ध साथिहरुले समेत राजीनामा दिनेगरी प्रतिवद्धता गरेका छौँ ।’ बैठकले सचिवालय व्यवस्थापन लगायतका निर्णय पनि गरेको शर्माले बताउनु भयो । नवगठित कार्यसमितिको बैठक शुक्रवारसम्म बस्नेछ ।








प्रतिक्रिया दिनुहोस्