Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


घट्याे आज सुनचाँदीको मूल्य ह्वात्तै


4.9k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार प्रतितोला पाँच हजार एक सय ५० कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।