रोल्पा, असोज १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्द आह्वानले रोल्पाको जनजीवन प्रभावित भएको छ ।
आफ्नो पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले रोल्पा बन्द आह्वान गरेको हो । बन्दका कारण बिहानैदेखि जिल्ला भित्रिने र बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था पनि पूर्णरुपमा ठप्प भएका छन् ।
जिल्लाका बजारसमेत बन्द छन् ।
नेकपाका कार्यकर्ताले सदरमुकाम लिवाङमा रहेको रोल्पा नगरपालिकासहित जिल्लाका भरका अधिकांश वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्