Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


रास्वपाले पाएको जनादेशलाई खेर जान दिनुहुँदैन : रामवरण यादव


221
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनादेशलाई खेर जान दिन नहुने बताउनुभएकाे छ ।

मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले जनादेशलाई खेर जान दिन नहुने उल्लेख गर्नुभएकाे हाे ।

 रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताउनुभएकाे छ । पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गर्नुभयाे ।

राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनदेशलाई स्वीकार गर्नुपर्नेमा उहाँकाे जोड थियो ।