Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


अन्तर्राष्ट्रिय तेलकाे आपूर्ति सुरक्षित गर्न राष्ट्रपति ट्रम्पको पहल

७ देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह

1.3k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय तेलकाे आपूर्ति सुरक्षित गर्न पहल गर्नुभएको छ ।

उहाँले सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गर्नुभएको छ । तर अहिलेसम्म कुनै देशले पनि स्पष्ट प्रतिबद्धता जनाएका छैनन् । पश्चिम एशियामा भएकाे जारी युद्धका कारण तेलको मूल्य अत्यधिक बढेको छ । इजरायल र अमेरिकाले मिलेर गत फेब्रुअरी २८ तारिखमा इरानमा आक्रमण गरेपछि तेलसहित सुरक्षा जोखिम बढेको हाे । युद्ध नरोकिएको अवस्थामा चीनले स्थिर र अवरुद्ध ऊर्जा आपूर्ति सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार रहेको बताएको छ ।

दक्षिण कोरियाले स्थिति ध्यानपूर्वक अध्ययन गरिरहेको जनाएको छ । फ्रान्सले अन्य यूरोपेली र एशियाली देशहरूसँग मिलेर सम्भावित अन्तर्राष्ट्रिय सुरक्षा मिशनको तयारी गरिरहेको हाे । युएई, साउदी अरब, कुवेत र बहराइनले इरानी मिसाइल वा ड्रोन आक्रमणको रिपोर्ट गरेका छन् ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपत्कालीन तेल भण्डारमार्फत बजारमा आपूर्ति बढाउने योजना अघि सारेको छ । एशियाली देशहरूले तत्काल भण्डार सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले युद्ध सकिएपछि तेलको मूल्य घट्ने बताउनुभएकाे समाचार संस्था एएफपीले जनाएको हाे ।