Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


राष्ट्रिय लिग फुटबलमा आर्मी क्लबकाे मछिन्द्र क्लबमाथि शानदार जित


143
Shares

काठमाडाैं । राष्ट्रिय लिग फुटबलकाे तेस्राे खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएकाे छ।

दशरथ रंगशालमा साेमबार राति भएको खेलमा आर्मीले शीर्ष स्थानको विभागीय टोली मछिन्द्र एफसी क्लबलाई २–१ गाेल अन्तरले पराजित गरेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले गोल गरेका थिए। मछिन्द्रका जोनाथान कान्टिलानाले एक गोल फर्काएका थिए। लिगमा मछिन्द्रको यो दोस्रो हार हो । मछिन्द्र ११ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा कायमै छ ।आर्मी ११ खेलबाट २३ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालमा साेमबारै भएको पहिलाे खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेलेका थिए। साथै दाेस्राे खेलमा लालिगुराँस एशाेसिएशन क्लबले प्लानिङ ब्वाइज युनाइटेड ३–२ गोलले पराजित गरेको हाे।