काठमाडौं ।
देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित ठूलो वर्षा भएको हो ।
बागमतीसाथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्