Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


संसदीय राजनीतिबाट सन्यास लिएको अध्यक्ष राउतको घोषणा


559
Shares

काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् ।

अध्यक्ष राउतले साेमबार सामाजिक सञ्जालमार्फत संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै संघर्षको राजनीति भने जारी राख्ने बताएका हुन् ।

उनले सक्रिय राजनीतिबाट बिदा लिए पनि जनताको सेवामा रहिरहने प्रष्ट पारे । उनले आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको लागि निरन्तर संघर्ष गरिरहने बताएका छन् । उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने पनि बताए ।

अध्यक्ष राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले पराजित गरेका हुन् । संसदीय राजनीति नलडे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने उनले जानकारी गराएका छन् ।

अघिल्लो पटकको चुनावमार्फत संसदीय राजनीतिमा आएका अध्यक्ष राउतको पार्टीले यसपटक समानुपातिक थ्रेसहोल्ड कटाउन समेत नसकेकाे हाे ।

साेही निर्वाचनमा साेचे जस्ताे नतिजा ल्याउन नसकेपछि अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेको बुझिएकाे छ।