Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


देशका ६ प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे भारी वर्षा हुने


1.6k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

साेमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे हाे । कोशी र बागमती प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्तया सफा रहेको हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा-हिमपातको भइरहेको छ ।

त्यस्तै, सोमबार दिउँसो भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागका अधिकांश स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा-हिमपातको सम्भावना रहेको छ।

कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग-असिनासहित मध्यम वर्षाको सम्भावना रहेको हाे। साथै तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, सोमबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली , सुदूरपश्चिम प्रदेशको हिमाली र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको हाे।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।