काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
आइतबार बिहान मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हाे। कोशी र गण्डकी प्रदेशमा भने आंशिक बादल लागेको छ। साथै तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, आइतबार दिउँसो भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम,कोशी र बागमती प्रदेशको पहाडी -हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। देशको हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्ज-चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, आइतबार राति भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी- हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। देशको हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशको पहाडी-तराई भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा सम्भावना रहेको महशाखाले जनाएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्