Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


सुर्खेतकी इनिसाको हत्यामा संलग्नलाई फाँसीको सजाय दिनुपर्ने माग


208
Shares

काठमाडाैं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा शनिवार पनि प्रदर्शन गरिएको छ ।

काठमाडौंको माईतीघर मण्डलामा भेला भएका फाँसीको सजाय दिने कानून निर्माण गर्न सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका हुन् ।

हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भन्ने कुरामा पनि सरकारलाई सचेत गराउन अभियानमा आफूहरु लागेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनु भयो ।

प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए ।

उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।