Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


एनआरएनए को १२ औँ महाधिवेशन आजदेखि शुरु


78
Shares

काठमाडौं ।
आजदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशन शुरु हुँदैछ ।

हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

सम्मेलनमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ लगायतले आजबाट शुरु हुने सो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे । केसीले अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुने र केही पदमा सर्वसम्मति नभए मात्रै निर्वाचनमा जाने गरी आफूहरुले सहमतीको प्रयास जारी राखेको बताउनुभयो ।

सहमतीबाट नेतृत्व चयनका लागि अध्यक्षका प्रत्यासी रोविन शेरचनले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

अध्यक्षका तीन जना प्रत्यासीमध्ये २ प्रत्यासीको बीचमा सहमती भइसकेको जानकारी दिंदै एनआरएनहरुबीचको एकतालाई बलियो बनाउन पनि आफूहरुले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभयो ।