काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।
समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएको हो। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड २ लाख ३५ हजार मत गणना हुँदा रास्वपाले ४९ लाख १९ हजार मत कटाएको छ ।
यो कूल सदर मतको ४८ प्रतिशत बराबर हो । नेपाली कांग्रेसले १६ लाख ६५ हजार मत पाएको छ । त्यस्तै, नेकपा एमालेले १३ लाख ८३ हजार मत पाएको हो । नेकपाले ७ लाख ४७ हजार, श्रम संस्कृतिले ३ लाख ४६ हजार मत पाउँदा राप्रपाले ३ लाख २१ हजार मत पाएको छ ।
यी ६ वटा राजनीतिक दलहरुले अहिलेसम्म समानुपातिक थ्रेसहोल्ड कटाएका छन् ।







प्रतिक्रिया दिनुहोस्