काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा मंगलबार दुई वटा खेल हुँदैछन् ।
दुबै खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुने भएका हुन् । मंगलबार मध्याह्न सवा १२ बजेदेखि शुरु हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र चित्लाङ एफसीबीच प्रतिपर्धा हुने भएकाे छ। ९ खेलमा ९ अंक जोडेको मनाङ अहिले तालिकाको ११औं स्थानमा रहेको छ । मंगलबारको खेलमा चित्लाङलाई पराजित गरेमा मनाङलाई आठौं स्थानमा उक्लिने अवसर छ । उता मनाङलाई पराजित गरेमा चित्लाङ नवौं स्थानमा उक्लिने भएकाे हाे । हाल ९ खेलमा ७ अंक जोडेको चित्लाङ पुछारबाट चौथो स्थानमा रहेकाे छ ।
मंगलबार दिउँसो ४ बजेदेखि हुने दोस्रो खेलमा पुछारको नव जनजागृति क्लबले मछिन्द्र क्लबसँग सामना गर्ने भएकाे हाे । मच्छिन्द्र हाल ८ खेलबाट १९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । साेही खेल जितेको खण्डमा मच्छिन्द्र शीर्ष स्थानमा उक्लिने भएकाे हाे । नव जनजागृति भने लिगमा पहिलो अंकको खोजीमा रहेकाे छ ।







प्रतिक्रिया दिनुहोस्